२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्ननगरमा सिसी क्यामेरा जडान

अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो ।

रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो । भिडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

रु २३ लाख ५० हजारको लागतमा जडान गरिएका ती क्यामेरा १२ स्थानमा राखिएको छ । क्यामेराको औपचारिक शुभारम्भ गर्दै वनले नगर क्षेत्रभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए।

नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले नगरमा शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने बताइन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताए । उनले भने, ‘सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ ।’

जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रण कक्षबाट हुने छ । अधिकारीका अनुसार जिल्लाका सातै पालिकामा प्रहरीले सिसी क्यामेरा जडानका लागि आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस