२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

अ+ अ-

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैँडाका बासस्थानमा पानीको समस्या छ ।

सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिङ्गे गैँडा छन् । सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैँडा स्थानान्तरण गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैँडा गणना गर्न रु एक करोड १० लाख लागत अनुमान गरिएको बताए । त्यसमध्ये रु ३० लाख मूल्यको प्राविधिक सामग्री खरिद छ । प्रत्येक चार÷पाँच वर्षमा गरिने गैँडा गणना गत वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैँडा गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस