एमाले अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए। सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्।

आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको हो। प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस