बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : पौडेल


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्त्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट कटौती गरेका थिए । नेता पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका रहेको बताए ।

सरकार अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने दुविधाग्रस्त मनस्थितिमा देखिएको पौडेलको भनाइ छ । ‘सरकारले वित्तीय अनुशासन पनि उल्लङ्घन भएको छ, कुनै सिस्टम फलो नगरी काम गरिएको छ, सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएको आयोजनामा बजेट हालिएको छ’ उनले भने ।

पूर्व अर्थमन्त्री पौडेलले सरकारले बजेटको आधार सामान्य घटाएर अघिल्लो सरकारले ठुलो आकारको बजेट ल्याएको देखाउन खोजेको पनि आरोप लगाए । ‘साधारण खर्चमा १० प्रतिशत कटौतीको स्वागत गर्न सकिन्छ, तर मनसाय दूषित छ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस