एमसिसी सम्झौता राष्ट्रघात हो : मैनाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसिसी सम्झौता राष्ट्रघात हो : मैनाली


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसिसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् ।

मैनालीले एमसिसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसिसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताएका हुन् ।

अहिले जुन किसिमले एमसिसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् ।

संसद्बाट एमसिसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे ।

मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसिसी मार्फत यो रणनीति लिएको दाबी गरे गर्दै उनले एमसिसी नेपाल सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताए ।

एमसिसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रस्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस