एमालेकाे स्थायी कमिटी बैठक ३ बजे पुनः बस्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमालेकाे स्थायी कमिटी बैठक ३ बजे पुनः बस्ने


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ ।

विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको हो ।

विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव आएको छ ।

एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको हो ।

त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस