एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि विषसरह : प्रेम सुवाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि विषसरह : प्रेम सुवाल


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विषसरह’ हुने टिप्पणी गरेका छन् ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए ।

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस