सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउन आवश्यक छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउन आवश्यक छः प्रधानमन्त्री देउवा


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिएका छन् । बैठकमा उनले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबारदेखि सुरु सङघीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस