वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् ।

एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधान बमोजिम संसद फेस गर्ने बताइएको छ । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।

आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू अजय क्रान्ति शाक्य, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी, सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्का रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस