एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि दाहालले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ।

‘तपाईँहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको रक्षा गर्ने हो,’ सुरेश वाग्ले बासु र भिमसेन पोखरेल वैरागीको २२ औँ स्मृति सभामा आज (बुधबार) प्रचण्डले भने।

गठबन्धनलाई कसरी विभाजित गर्ने भनेर षड्यन्त्र भइरहेको उनको भनाइ थियो।

‘यसलाई एमसिसी प्रयोग गरेर फुटाउन सकिन्छ कि, एमसिसी भनेर ल्याइदिएपछि भनेर एक थरी लागिरहेका छन्,’ उनले भने, ‘हामी यथास्थितिमा एमसिसी पारित हुन सक्दैन भनिरहेका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस