काठमाडौँ उपत्यकाका ८ अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकाका ८ अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइँदै


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (मंगलबार)देखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ ।

आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप दिन लागिएको हो ।

एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन लागिएको हो । विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालबाट पहिलो र दोस्रो मात्रा दिइने उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस