चट्याङ लागेर सात जना बेहोस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चट्याङ लागेर सात जना बेहोस


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । ओखलढुङ्गामा गए राती परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् ।

सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु तीनै जनालाई ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको छ ।

चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढी घरमा क्षति पुगेको र गाई र भैँसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ ।

घटनाको बारेमा थाहा पाएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस