काठमाडौँ उपत्यकामा व्यापक वर्षा, नदी आसपासका सडक र बस्तीहरु डुबानमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा व्यापक वर्षा, नदी आसपासका सडक र बस्तीहरु डुबानमा


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गए रातीदेखि व्यापक वर्षा भइरहेको छ । मध्य रातीपछि मेघ गर्जन र चट्याङसहित ठुलो वर्षा सुरु भएको थियो ।

वर्षा हुने क्रम अहिले पनि रोकिएको छैन । लगातारको मुसलधारे वर्षाले उपत्यकाका सबै नदीहरुमा पानीको बहाव निकै उच्च भएको ।

बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ ।

टेकु, कालीमाटी, शोभा भगवती, थापाथली, बोहोराटार, गोङ्गबु, मैतीदेवी, रातोपुल क्षेत्र पुरै डुबानमा परेका छन् ।

कतिपय ठाउँमा सडकमा गाडी चलाउनै नमिल्ने गरी पानी भरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस