सुर्खेतमा आइतबारदेखि विद्यालय सञ्चालन हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुर्खेतमा आइतबारदेखि विद्यालय सञ्चालन हुने


१८ भाद्र २०७८, शुक्रबार


सुर्खेत । जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

त्यसका लागि शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने उनले बताए । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो । उनका अनुसार आगामी सातादेखि सबै सामुदायिक संस्थागत विद्यालयहरु खुल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस