शुक्रबार देशभर थप १७५६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शुक्रबार देशभर थप १७५६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको हो।

शुक्रबार थपिएका सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।

यस्तै शुक्रबार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस