लक्ष्मी बैङ्कको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

लक्ष्मी बैङ्कको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। लक्ष्मी बैङ्कद्वारा निष्कासित २ अर्ब मूल्य बराबरको ‘८.५ प्रतिशत लक्ष्मी बैङ्क डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।

सूचीकरण पश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल र लक्ष्मी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हिजो (बिहीबार) आयोजित एक कार्यक्रमबिच ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस