पार्टीलाई कस्तो नेतृत्व दिने निर्णय गर्ने ठाउँ वडा अधिवेशन हो : नेता थापा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पार्टीलाई कस्तो नेतृत्व दिने निर्णय गर्ने ठाउँ वडा अधिवेशन हो : नेता थापा


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने ठाउँ वडा अधिवेशन भएको बताएका छन् ।

आजदेखि काँग्रेसले वडा अधिवेशन गर्दै छ। अधिवेशन सुरु हुनै लाग्दा आफ्ना धारणा राख्दै थापाले क्रियाशील सदस्यहरूले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने बताए।

‘वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन। यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो,’ थापाले भनेका छन्, ‘सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।’

थापाले मङ्सिरमा हुने १४ औँ केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस