वरिष्ठ नेता खनाललाई भेटेर प्रधानमन्त्री देउवाले गरे स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वरिष्ठ नेता खनाललाई भेटेर प्रधानमन्त्री देउवाले गरे स्वास्थ्यलाभको कामना


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् ।

प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस