तुइन घटना : सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तुइन घटना : सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

उनले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गरे । धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस