कलाकार निशा घिमिरेको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कलाकार निशा घिमिरेको निधन


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस