काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस