२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीखेत रोगले मर्न थाले कुखुरा

अ+ अ-

सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो ।

लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोखे । सुनारले भने, ‘सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि आफ्ना कुखुरा बचाउन नसकेको हो ।’ उनका अनुसार मनग्य आम्दानी यही एउटा कुखुरापालन हो तर सोचेको काम पूरा नभएरै कुखुराको खोर रित्तो भएको छ ।

डाँडाफया– चार गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण २०० बढी कुखुरा मरिसकेका छन् । तीन वर्षदेखि कुखुरापालन व्यवसाय गरेकोमा सबै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फार्म खोल्ने र व्यवसायी गर्ने धोको सपना जस्तै भएको अर्का स्थानीयवासी गौँगोरी सुनारले बताइन् ।

रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या भएको स्थानीय कालीबहादुर सुनारले जानकारी दिए । स्थानीयवासीका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र अनि मर्ने गरेका छन् ।

मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशुविकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ । प्रमुख थापाले भने, ‘डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधिसहित टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ जाने छ ।’