पहिरोले खिम्ती–मन्थली सडक अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिरोले खिम्ती–मन्थली सडक अवरुद्ध


१३ भाद्र २०७८, आइतबार


रामेछाप । रामेछापको जिल्ला सदरमुकाम जोड्ने पुष्पलाल मार्गको खिम्ती–मन्थली सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज (आइतबार) बिहानै लिखु–तामाकोसी गाउँपालिका–७ को तिल्पुङ खोला नजिकै पहिरो झर्दा सडक अवरुद्ध भएको स्थानीय यादवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउन डिभिजन सडक कार्यालय खुर्कोटमा खबर गरिएको छ ।

यसै गरी खुर्कोट–मन्थली सडक खण्डमा पर्ने कुनाउरीमा लगातार पहिरो झरिरहेको छ । दुई दिनयता उक्त स्थानमा सडक डिभिजन र मन्थली नगरपालिकाले पहिरो पन्छाउँदै यातायात सञ्चालन गराउँदै आएका छन् ।

अविरल वर्षाले मन्थली–रामेछाप सडक खण्डका ठाउँ–ठाउँमा पहिरो झरेपछि यातायात अवरुद्ध बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस