काबुलमा अर्को आतङ्ककारी हमला हुन सक्छ : राष्ट्रपति बाइडेन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काबुलमा अर्को आतङ्ककारी हमला हुन सक्छ : राष्ट्रपति बाइडेन


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्को आतङ्ककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।

बाइडेनले आफूलाई सो जानकारी सैन्य कमान्डर दिएको उल्लेख गरेका छन् । उनले भने, ‘त्यहाँको अवस्था एकदमै खतरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतङ्ककारी हमला हुनसक्ने खतरा धेरै छ ।’

गत बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले हिजो (शनिबार) ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।

गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस