२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल राष्ट्र बैङ्कको लगानी सीमाभन्दा बढी

अ+ अ-

काठमाडौँ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैङ्कले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ ।

महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६ र ७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

नेपाल राष्ट्र बैङ्क ऐनअनुसार केन्द्रीय बैङ्कले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र ऋण तथा शेयर लगानी गर्न पाउँछ ।

कुनै एक कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजी छ भने त्यस कम्पनीलाई राष्ट्र बैङ्कले बढीमा १० करोडसम्म मात्र ऋण दिन पाउँछ । तर, राष्ट्र बैङ्कले त्यो व्यवस्थाको अवज्ञा गर्दै एक लघुवित्त संस्थालाई चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी ऋण दिएको महालेखाले बताएको छ । साथै, अन्य कम्पनीमा तोकिएको सीमाभन्दा बढी शेयर लगानी गरेको महालेखाले औँल्याएको छ ।

राष्ट्र बैङ्कबाट ऋण लिएको उक्त लघुवित्तको चुक्ता पुँजी २०७७ असारसम्म रु. १ अर्ब थियो । त्यसअनुसार त्यस लघुवित्तले राष्ट्र बैङ्कबाट १० करोड रुपैयाँसम्म मात्र ऋण पाउने हो । तर, राष्ट्र बैङ्कले भने उक्त लघुवित्तलाई रु .३१ करोड ४० लाख ऋण दिएको महालेखाको ५८औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त ऋण अर्थ मन्त्रालयको २०७५ मङ्सिर २४ गतेको निर्णयबमोजिम २०७६ असार ३१ गते सम्बद्ध लघुवित्तलाई दिइएको छ । विशेष गरी अर्थ मन्त्रालय, राष्ट्र बैङ्क र सम्बन्धित लघुवित्तबिच भएको त्रिपक्षीय सम्झौताअनुसार ग्रामीण आत्मनिर्भर कोषअनुरूप ऋण दिइएको देखिएको छ । तर, उक्त लघुवित्तले भने उक्त ऋण राष्ट्र बैङ्कबाट नभई नेपाल सरकारबाट लिएको भनेर आफ्नो वित्तीय विवरणमा प्रस्तुत गरेको महालेखाको भनाइ छ ।

तर, यस विषयमा राष्ट्र बैङ्कले भने आपत्ति जनाएको छ । तोकिएको सीमाभन्दा बाहिर गएर ऋण दिने काम नभएको राष्ट्र बैङ्कको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस