कुखुरा फार्ममा आगलागी, ६ लाख मूल्य बराबरको क्षति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कुखुरा फार्ममा आगलागी, ६ लाख मूल्य बराबरको क्षति


१२ भाद्र २०७८, शनिबार


सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका – ७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६ सय ३० कुखुराको चल्ला, २० बोरा दाना, पङ्खाहरु जलेर नष्ट हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको बताए ।

वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले (राजन) जानकारी दिए । प्रहरीको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस