भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप


१२ भाद्र २०७८, शनिबार


कञ्चनपुर । कोरोना सङ्क्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान सञ्चालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना सङ्क्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान सञ्चालन गरिएको हो ।

नेपालमा कोरोनाको सङ्क्रमण नाकाबाटै फैलिने भएकाले स्वदेश भित्रिने नेपालीहरुलाई कोरोनाका खोप दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतमा कोरोनाको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले त्यहाँबाट आउने व्यक्तिहरुलाई खोप दिँदा त्यसले सङ्क्रमणबाट सुरक्षित बनाउने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

भदौ १० गतेबाट सुरु गरिएको खोप अभियानमा गड्डाचौकी नाकामा मात्रै झन्डै दुई सय जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीहरुमध्ये झन्डै ८० प्रतिशतले खोप लगाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस