नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध


११ भाद्र २०७८, शुक्रबार


चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस