स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति


१० भाद्र २०७८, बिहिबार


मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुतनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुतनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो ।

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो ।

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइ सकिएकोमा अहिले स्पुतनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसै गरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ ।

मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस