लुम्बिनी प्रदेश लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन


९ भाद्र २०७८, बुधबार


रुपन्देही । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा आयोगका अध्यक्ष भटराईले लोक सेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा प्रदेश लोक सेवा आयोगका सदस्य बाबुराम गौतम, आयोगका सचिव शंकर आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको उपस्थिति थियो ।

आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र वार्षिक प्रतिवदेन बुझाउनु पर्ने संवैधानिक प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस