२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोराको हत्या गरेको अभियोगमा आमा जेल चलान

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुबा चन्द्रकिशोरलाई साधारण तारेखमा छोडिएको छ । १० महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जातको पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले ५ वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा)लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएको बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा ५ वर्षीय रितेशलाई सौतेनी आमालेले घाँटी हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो ।

घटनापश्चात् आमा र बुबा दुवै जना घरबाट फरार भएका थिए । प्रहरीले घटना घटाएकै दिन बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस