सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : डा . कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : डा . कोइराला


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अङ्क बढ्दो रहेकोमा दुख व्यक्त गरेका छन् ।

उनले सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपछि आइतबार शेखरले सामाजिक सञ्जालमा लेख्दै सरकारको इच्छाशक्ति भए बेरुजु फर्छ्यौट र अनियमितता गर्नेलाई कारबाही गर्न सकिने बताए ।

महालेखा परीक्षकको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार : महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक, बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड पुग्यो

Tags :
प्रतिक्रिया दिनुहोस