२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन

अ+ अ-

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् ।

उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गर्छ । उनीहरूको सम्मानका लागि राज्यका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सरकार प्रतिबद्ध छ ।”

तीन वटै तहका सरकार, स्थानीयवासी एवं समाजसेवीसहित मित्रराष्ट्र भारतको सहयोगले ज्येष्ठ नागरिक लागि निर्माण भएको सुविधासम्पन्न भवन सञ्चालनमा पनि सरकारले सघाउने उनले दृढता व्यक्त गरे।

गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताए । उनले भने, ‘यस भवनमा परिवारविहीन भएर रहन परेका आमाबुवालाई कसरी स्याहारसुसार एवं सम्मान गर्ने भनेर सदैव ध्यान दिन अनुरोध गर्दछु ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रयस्थल निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘हामी तीन वटै तहका सरकार मिलेर यसमा आवश्यक वस्तुको व्यवस्था गर्नुपर्नेछ ।’

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा रु दुई करोड ९१ लाख सहयोग गरेको जानकारी गराइन्।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उमेर ढल्केर साहराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा रु पाँच करोड सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा व्यक्त गरे । उनले भने, ‘विसं २०६९ फागुन ४ गते शिलान्यास गरेको यस भवन आठ दशमलव पाँच रेक्टर स्केलको भूकम्प आउँदा पनि नभत्किने तवरले निर्माण गरेका छौँ ।’

समाज यलका अध्यक्ष चन्द्र महर्जनले धेरै समाजसेवीको सहयोगमा भवन निर्माण भएको बताए । उनले भने, ‘यसै वडा निवासी स्व अष्टमान महर्जनले दान गरेको एक रोपनी १३ आना जग्गासहित रु ५० लाखमा हामीलाई रु पौने १४ करोड थप गरी चारतारे होटल तवरको सुविधासम्पन्न आधुनिक घर निर्माण प्रेरणा मिल्यो ।’ समाजका उपाध्यक्ष सन्तमान महर्जनले मानवको वृद्धावस्था अति नै कष्टकर हुने हुँदा सोको कल्याणका लागि भवन निर्माण गरेको बताए।

उक्त अवसरमा जग्गा दान गर्ने महर्जनको शालिकसमेत प्रधानमन्त्री देउवाले अनावरण गर्नुका साथै भवन निर्माणमा रकम तथा जग्गादान गर्ने महर्जनका पत्नी नुछेंमाया तथा छोरा किरण महर्जन अनि मुख्यमन्त्री शाक्य, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री शाक्य, महानगपालिकाका प्रमुख महर्जन, भारतीय राजदूत क्वात्रालगायत दातालाई प्रधानमन्त्री देउवाले दोसल्लासहित सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस