अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त


५ भाद्र २०७८, शनिबार


वासिङ्टन । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।

अहिले ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका प्राध्यापक हुन् । उनीलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।

उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गर्नु भएको थियो । सरकारको वर्गिकरणमा उनी विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए ।

निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत भएका थिए । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत भएका थिए भने विदेश मन्त्रालयको प्रवक्तासमेत भएका थिए ।

त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उनले काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस