स्वास्थ्यमा असर नदेखिए पनि खोपले काम गर्छ : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यमा असर नदेखिए पनि खोपले काम गर्छ : स्वास्थ्य मन्त्रालय


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा कुनै असर नदेखिए पनि खोपले काम गर्ने जनाएको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा कुनै असर नदेखिए खोपले काम गर्दैन भनी फैलिएको भ्रमको खण्डन गरेको हो ।

मन्त्रालयले खोपले दिने सुरक्षा र लगाएपछि देखिने असर बिच कुनै सम्बन्ध नरहेको भन्दै मन्त्रालयले खोप लगाउने सबै व्यक्तिमा शारीरिक असर नदेखिन सक्ने जनाएको हो ।

दुवै अवस्थामा खोपले काम गरिरहेको हुँदा भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको हो । कोरोना विरुद्धको खोप लगाइसके पश्चात् केही व्यक्तिमा हल्का ज्वरो आउने, जिउ दुख्ने जस्ता समस्या देखिने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस