सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द


२ भाद्र २०७८, बुधबार


कर्णाली । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।

सात कर्मचारीमा सङ्क्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तर सम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।

‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठुलो सङ्ख्यामा कर्मचारीहरुमा सङ्क्रमण देखियो,’ उनले भने, ‘सङ्क्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो सङ्ख्या बढ्न सक्छ ।’

सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरिदबिक्रीको कारोबार बढी हुने गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस