०५४ सालमा एमाले फुटाउँदा द्वन्द्व चर्केको हेक्का रहोस् : भीम रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

०५४ सालमा एमाले फुटाउँदा द्वन्द्व चर्केको हेक्का रहोस् : भीम रावल


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको बताएका छन् ।

मङ्गलवार सामाजिक सञ्जालमार्फत उनले उक्त अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताउँदै विगतमा यस्तै अध्यादेशको विरोध गर्नेहरू अहिले आफैँ त्यही बाटोमा लागेको बताए ।

यस्तै उनले २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्केको हेक्का किन नरहेको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो, विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?’

Tags :
प्रतिक्रिया दिनुहोस