भूमि आयोग फिर्ता गर्न हस्ताक्षर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर


३२ श्रावण २०७८, सोमबार


गण्डकी । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ ।

अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । वर्षौदेखि खनजोत एवं उपयोग गर्दै आएका किसान र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार महासङ्घका केन्द्रीयसदस्य टीका अधिकारी, चुडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, उक्त आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङसहितको टोलीले सङ्कलित हस्ताक्षर प्रधानमन्त्री समक्ष पुर्‍याउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई बुझाएको हो ।

सहायक प्रजिअ पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पुर्‍याइने जानकारी दिए । अभियानमा ११ हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष भण्डारीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस