माओवादी केन्द्रको अन्तरिम विधान : केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन प्रस्ताव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रको अन्तरिम विधान : केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन प्रस्ताव


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्।

शनिवारदेखि जारी पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उक्त अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि प्रस्ताव छ।

नेकपा विभाजन भएपछि माओवादीले आफ्नो पार्टी समितिहरूलाई व्यवस्थित रूपमा अघि बढाउने प्रयास स्वरूप नयाँ विधान प्रस्ताव गरिएको हो। विधानमा पार्टीको राष्ट्रिय महाधिवेशन पाँच वर्षमा सम्पन्न गर्ने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा ६ महिना सार्न सकिने छ।

२०७५ जेठ ३ गते नेकपा गठन भई २०७७ फागुन २३ गतेसम्म कायम रहेकाले महाधिवेशनको सन्दर्भमा सो समय गणना नगरिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस