पुरुषको शव फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पुरुषको शव फेला


३१ श्रावण २०७८, आइतबार


दमक । झापाको कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ ।

स्थानीय नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस