२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वतन्त्रता दिवसमा लालकिल्लाबाट मोदीले गरे महत्त्वपूर्ण घोषणा

अ+ अ-

काठमाडौँ । भारतको ७५ औँ स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले महत्त्वपूर्ण घोषणा गरेका छन् । मोदीले भारत अंग्रजहरुबाट स्वतन्त्र भएको ७५औ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै नयाँ घोषणा पनि गरेका हुन् ।

उनले ९० मिनेट लामो सम्बोधनका क्रममा एक सय लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कुलको स्थापना गरिने ठुला घोषणा गरेका छन् ।

मोदीले भने, ‘जसरी नयाँ एयरपोर्ट बनिरहेका छन्, उडान योजनाले विभिन्न स्थानलाई जोडिरहेका छन्, यो अभूतपूर्व छ । उत्कृष्ट कनेक्टिभिटीले मानिसहरूको सपनालाई नयाँ उडान दिइरहेको । गति शक्तिको नेशनल मास्टर प्लान हामी तपाईँको अगाडि ल्याउनेछौँ । सय लाख करोडभन्दा पनि बढीको योजनाले लाखौँ जवानका लागि रोजगार ल्याउनेछ । गति शक्ति देशका लागि यस्तो राष्ट्रिय परियोजनाको मास्टर प्लान हुनेछ जसले देशको अर्थतन्त्रलाई एकीकृत मार्ग प्रदान गर्नेछ । गति शक्तिले सबै सडकका कठिनाइ हटाउनेछ।’

यस्तै छोरीहरूका लागि सैनिक स्कुल खोलिने घोषणा गर्दै भने, ‘आज भारतकी छोरी आफ्नो स्थान ओगट्नका लागि आतुर छन् । सडकदेखि कार्यस्थलसम्म महिलामा सुरक्षा, सम्मानको भाव होस् भन्नका लागि शासन प्रशासन, प्रहरी, नागरिकले आफ्नो जिम्मेवारी निभाउनु छ । यो सङ्कल्पलाई स्वतन्त्रताको ७५ औँ वर्षको सङ्कल्प बनाउनु छ । मलाई लाखौँ छोरीहरूले आफू सैनिक स्कुलमा पढ्न चाहेको भन्दै सन्देश पठाउने गर्दथे । साढे दुई वर्ष अघि मिजोरमको सैनिक स्कुलमा छोरीहरूलाई प्रवेश दिनका लागि प्रयोग गरिएको थियो । अब निश्चित गरिएको छ कि देशका सबै सैनिक स्कुललाई देशका छोरीका लागि पनि खोलिनेछन् ।’