माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रूपमा आज छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने तयारी छ । माओवादीका विभिन्न जिल्लामा नेताहरूको कार्य विभाजन हुन बाँकी छ ।

अध्यक्ष प्रचण्डले तयार गरेको प्रतिवेदनमा माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने उल्लेख छ । त्यस्तै प्रतिवेदनमा आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्नुपर्ने पनि समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस