तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा


३१ श्रावण २०७८, आइतबार


एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।

तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा अफगानिस्तान सरकार र सेनाका लागि सबेभन्दा ठुलो सङ्कट हुनसक्ने बताइएको छ ।

काबुल नजिकै तालिबान लडाकु आइसकेको खबर प्राप्त भएपछि विभिन्न देशरुले आफ्ना नागरिकहरूलाई फिर्ता लैजान काबुलमा सेना पठाइरहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिका र ब्रिटेनपछि अस्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाइरहेको जानकारी प्राप्त भएको बताइएको छ । अफगानिस्तानमा रहेका आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरूलाई फिर्ता लैजान सेना पठाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस