जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ३५ जना कर्मचारी माग गरेको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै शनिवार २५ जना स्टाफ नर्ससहित ३५ जना कर्मचारी करारमा माग गरेको हो ।
जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजि, अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्किजल नर्सिङ, पेडियाट्रिक एन्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एन्ड फाइनान्स, कम्युनिटी हेल्थ नर्सिङ, कम्युनिटी मेडिसिन, हिस्टो टेक्निसियन, एनेस्थेसिया असिस्टेन्ट १/१ जना र स्टाफ नर्समा २५ जना आवश्यक परेको प्रतिष्ठानले जनाएको छ ।
इच्छुक स्वास्थ्यकर्मीले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।