भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी


३० श्रावण २०७८, शनिबार


चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए। आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए ।

क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस