लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई रु दुई लाख सहयोग गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई रु दुई लाख सहयोग गर्ने


२९ श्रावण २०७८, शुक्रबार


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसै गरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एक एक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस