२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

अ+ अ-

काठमाडौँ । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्व तयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे । साथै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरे।

सांसद उदया शर्मा पौडेलले पूर्व तयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्ने गरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गरिन्।

सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गरिन्। ‘कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्यौलता छाएको छ । विद्यार्थीले अनलाइन माध्यमबाट अध्ययन गरे पनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ’, उनले भनिन्।

सांसद अनिता देवकोटाले नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, कालापानी, लिपुलेकको जमिन फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन्। सांसद इन्दु कडरियाले सामाजिक सुरक्षा भत्तामा विभेद भएको तथा दलित र गैर दलितबिचको दुरी बढाएको भन्दै सामाजिक सुरक्षा भत्ता ६० वर्ष पुगेका नागरिकलाई दिने व्यवस्था गर्न माग गरिन् ।

सांसद ठगेन्द्रप्रकाश पुरीले बाढी पहिरोले बर्सेनि प्राकृतिक विपत्तिका घटना बढेको तथा वन जङ्गल अतिक्रमण भइरहेकोमा चिन्ता प्रकट गर्दै यसको दीर्घकालीन समाधानका लागि भू–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरे ।

सांसद तारादेवी भट्टले भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले दरबन्दी मिलानको नाममा नियम विपरीत शिक्षकको सरुवा गर्ने गरेकोमा आपत्ति जनाउँदै यस किसिमका कार्य तत्काल बन्द गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस