नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको जालमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

सम्बन्धित समाचार : सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको जनाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड-२०७७ को दफा ९ को खण्ड(घ) मा व्यवस्था नभएको विषय आरोप लगाइ स्पष्टीकरण सोधिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस