२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ सचिव सरुवाको पछिल्लो अपडेट

अ+ अ-

काठमाडौँ । सरकारले सोमबार सरुवा गरेका सचिवहरूले चिठी बुझ्ने क्रम जारी छ । यससँगै प्रदेश पठाइए भनिएका र प्रदेशबाट सङ्घमा सरुवा भनिएका सचिवहरूको समेत हेरफेर भएको छ ।

आज साँझ प्रशासन डटकमलाई प्राप्त विशेष सूचना अनुसार यसअघि प्रदेश ५ को प्रमुख सचिवमा पठाइएको भनिएका कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमै यथावत् छन् भने अतिरिक्त समूहमा रहेका खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा पदस्थापन गरिएको छ । यसै गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी विकास)तर्फका सचिव डा. कृष्ण प्रसाद आचार्यको सोही मन्त्रालयको (कृषि विकास)मा सरुवा भएको छ भने पशुपन्छीमा हिजै मात्र बढुवा भएका गोविन्द प्रसाद शर्मा पठाइएका छन् ।

त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) मणि राम गेलाललाई ऊर्जा आयोग र आयोगका सागर राई लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) मा सरुवा गरिएको छ ।

यस्तै अतिरिक्तमा रहेका पाँच सचिवमध्ये ४ जनाको पदस्थापन भएको छ । जसमा रामप्रसाद घिमिरेको प्रदेश नं. १ को प्रमुख सचिवमा, प्रदेश नं. २ मा हरि मैनाली र किरण राज शर्माको बागमती प्रदेशमा पदस्थापन भएको छ । यससँगै प्रदेश नं. १ का प्रमुख सचिव सुमनराज अर्याललाई महालेखा नियन्त्रणको कार्यालय र प्रदेश नं. २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा पठाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेको गृह सचिवमा सरुवा गरेसँगै मन्त्रालयको सचिव पद रिक्त छ । यस्तै गृहका महेश्वर न्यौपाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन् ।

गृहसचिव पाण्डेले भोली बुधवार पदभार गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार : गृह सचिवमा टेक नारायण पाण्डे

मन्त्रिपरिषद्ले पूर्णता पाईनसक्दा सचिवहरूको सरुवामासमेत अलमल भएको छ । अवधि पुगेका, नयाँ बढुवासँगै पदस्थापन गर्नुपर्ने र प्रदेशबाट सिनियर सचिवलाईलाई सङ्घमा ल्याउनु पर्ने बेलामा मन्त्रिपरिषद्ले नै पूर्णता पाउन नसकेपछि सचिव सरुवाका लागि अनावश्यक दौडधुप र चलखेल बढेको थियो । यससँगै पहिलो चरणमा अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको देउवा सरकारले दोस्रो चरणमा गृह र सञ्चार जस्ता महत्त्वपूर्ण मन्त्रालयसहित केही अन्यमा सरुवा गरेको छ भने तेस्रो चरणमा मन्त्रिमण्डल विस्तार भएपछि गर्ने तयारी रहेको छ । तर मन्त्रिमण्डल विस्तार नै भदौ नलागुन्जेल नहुने बालुवाटार स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस