गृह सचिवमा टेक नारायण पाण्डे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृह सचिवमा टेक नारायण पाण्डे


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले गृह सचिवमा टेक नारायण पाण्डेलाई ल्याएको छ ।

सोमबार(आज) वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाएको एक मन्त्रीले प्रशासनलाई बताए ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको प्रदेश नं. ३ को प्रदेश प्रमुख सचिवमा र कृष्णहरी पुस्करलाई प्रदेश नं. ५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ ।

बाँकी सचिवहरुको बारेमा छलफल भएपनि निर्णय भने गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस